• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

बेथानचोकमा महिला कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थापन तथा जैविक खेतीसम्बन्धी तालिम

बेथानचोकमा महिला कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थापन तथा जैविक खेतीसम्बन्धी तालिम

बेथानचोक । ग्रामीण विकास संस्थाद्वारा AEIN (Aide à l’Enfance de l’Inde et du Népal) को आर्थिक सहयोगमा सञ्चालित “गुणस्तरीय शिक्षा अभिवृद्धि, महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार परियोजना– दोस्रो चरण” अन्तर्गत काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ मा एकीकृत शत्रुजीव व्यवस्थापन (IPM), जैविक विषादी (झोल मल) तथा जैविक मल (भर्मी कम्पोष्ट) उत्पादन र प्रयोगसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

तालिममा २० जना महिला कृषकहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) सम्बन्धी सैद्धान्तिक ज्ञान प्राप्त गर्नुका साथै झोल मल–१, झोल मल–२ र झोल मल–३ तयार गर्ने व्यावहारिक सीपसमेत हासिल गरेका छन् ।

तालिमका क्रममा सामुदायिक प्राङ्गारिक कृषि सिकाइ केन्द्रमा बाली अनुगमन गर्दै बालीमा लाग्ने रोग तथा किराको पहिचान गर्ने अभ्याससमेत गराइएको थियो । यसबाट महिला कृषकहरूले रासायनिक विषादीको प्रयोग घटाउँदै वातावरणमैत्री तथा दिगो कृषि प्रणाली अपनाउन आवश्यक ज्ञान र सीप प्राप्त गरेको आयोजकले कालाेटाेपी डटकमसँगकाे कुराकानीमा जनाएको छ ।

आयोजकका अनुसार यस्ता तालिमले कृषकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै सुरक्षित, स्वस्थ र उत्पादनमुखी कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १०, आईतवार १३:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP