• २०८३ जेष्ठ २९ | Fri, 12 Jun 2026

खाद्यान्न बालीमा गुणस्तरीय बीउ उत्पादन कृषक पाठशाला काभ्रेकाे चौरीदेउरालीमा सम्पन्न

खाद्यान्न बालीमा गुणस्तरीय बीउ उत्पादन कृषक पाठशाला काभ्रेकाे चौरीदेउरालीमा सम्पन्न

चौरीदेउराली। चौरीदेउराली गाउँपालिकास्थित घुर्मुसे बीउ उत्पादन कृषक समूहले कृषि विकास कार्यालय तथा चौरीदेउराली गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरेको खाद्यान्न बालीमा गुणस्तरीय बीउ उत्पादन कृषक पाठशाला कृषक दिवस कार्यक्रमसँगै सम्पन्न भएको छ ।

गत २०८२ साल मंसिर १९ गतेदेखि सञ्चालन गरिएको उक्त पाठशालामा २५ जना कृषकहरूको सहभागिता रहेको थियो । पाठशालामार्फत गहुँका भेरीगंगा, खुमल शक्ति तथा डब्लुके सिरिजका विभिन्न जातहरूको परीक्षण तथा प्रदर्शन गरिएको थियो । साथै मलखाद र झारनाशक विषादीको प्रयोगसम्बन्धी तुलनात्मक अध्ययनसमेत गरिएको थियो ।

कार्यक्रमका क्रममा कृषकहरूले परम्परागत विधिभन्दा प्राविधिक विधिअनुसार लाइनमा बीउ छरेर गहुँ खेती गर्दा उत्पादन वृद्धि हुने, बीउको खपत कम हुने तथा उत्पादन लागत घट्ने अनुभव साझा गरेका थिए ।

पाठशालाबाट प्राप्त नतिजाअनुसार प्राविधिक विधिबाट खेती गर्दा प्रतिहेक्टर ४.१ मेट्रिक टन उत्पादन प्राप्त भएको थियो भने कृषक परम्परागत विधिबाट गरिएको खेतीमा प्रतिहेक्टर ३.५ मेट्रिक टन उत्पादन भएको देखिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयाे ।

उत्पादन र कृषकहरूको रुचिका आधारमा भेरीगंगा जातको गहुँ सबैभन्दा प्रभावकारी र लोकप्रिय रहेको निष्कर्ष निकालिएको छ । कार्यक्रमले गुणस्तरीय बीउ उत्पादन, आधुनिक खेती प्रविधिको प्रयोग तथा खाद्यान्न बालीको उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागी कृषकहरूले बताएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २८, बिहीबार १२:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP