• २०८३ भाद्र २६ | Fri, 11 Sep 2026

काभ्रेकाे बेथानचाेक पुगेका जर्मन पर्यटकहरु बारीमा आलु गाेडेर रमाउँदै (भिडियाेसहित)

काभ्रेकाे बेथानचाेक पुगेका जर्मन पर्यटकहरु बारीमा आलु गाेडेर रमाउँदै (भिडियाेसहित)

  • ज्ञानमणि नेपाल कालाेटाेपी

काभ्रे । पछिल्ला दिनहरुमा देशमा राजनीतिक गतिविधी अस्थिर छ। प्राकृतिक प्रकाेपका घटनाहरु पनि दैनिकरुपमा बढीरहेका छन् । तैपनि विदेशी पर्यटकहरु आउने क्रम राेकिएकाे छैन । सबै पूर्वाधार सहज हुने हाे भने पर्यटकहरुकाे उपस्थिती कति बढ्नेथियाे भन्ने याे तस्बीरले प्रष्ट पार्छ ।

साेमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका दुई जर्मन नागरिकहरु साेही दिन काभ्रेकाे बेथानचोक पुगे । त्यहाँ रहेकाे माउण्ट महाभारत फार्मस्टेमा आलु गोड्न सघाउँदै थिए । याे दृष्यले कामका लागि आफ्नाे देश छाेडेर लाखाैं खर्च गरेर विदेश गइरहेका नेपाली युवाहरुलाई सन्देश दिएकाे छ ।

विदेशीहरु नेपालमा घुम्न मात्र आउँदैनन् । यहाँका अवस्था, कृषि, संस्कृति र अरु रहनसहन बुझेर आफ्नाे देशमा लैजान्छन् । उनीहरु अध्ययन गर्छन् र अरुलाई पनि सिकाउँछन् । यी विदेशीहरुले काम गरिरहेकाे देख्दा हामी आफैंले पनि स्वदेशका लागि केही गर्नु पर्छ भन्ने सन्देश दिने माउण्ट महाभारत हाेमस्टेका संचालक कमल नेपाल बताउनुहुन्छ । उहाँका अनुसार पर्यटकीय गन्तव्य बेथानचाेकमा यस्ता पर्यटकहरु हिजाेआज दैनिकरुपमा आइरहेका छन् ।

यस वर्ष नौ लाख ४३ हजार बढी पर्यटक नेपाल भित्रिए
यस वर्षको जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो ।

गत अक्टोबरको तथ्याङ्कलाई हेर्दा, युरोपबाट ४० हजार ५०० र दक्षिण एसियाबाट २९ हजार ६० पर्यटक आएका छन्, जसले गर्दा यो महिनाको कुल सङ्ख्या प्रभावशाली देखिएको छ। अक्टोबरमा नेपाल भ्रमण गर्ने पर्यटकहरूमा भारतबाट सबैभन्दा धेरै १७ हजार २९८ जना रहेका छन्। त्यसपछि अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, र जर्मनीबाट छ हजार ३६६ जना पर्यटक नेपाल आएका थिए। यसरी प्रमुख स्रोत बजारहरूबाट पर्यटकको आगमन बढ्दा नेपालको पर्यटन क्षेत्रमा थप उत्साह थपिएको छ।

माउण्ट महाभारत फार्मस्टेमा आलु गोड्न सघाउँदै जर्मन पर्यटकः भिडियाे

तस्बीर र भिडियाेः कमल नेपाल



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १८, मंगलवार १४:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP