काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेकाे छ । आज प्रतितोला ३ हजार ४०० रूपैंयाँले मूल्य बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ५ हजार ८०० रूपैंयाँ कायम भएको छ ।
याे हप्ता आइतबार प्रतितोला ३ हजार १०० रूपैंयाँले मूल्य घटेकाे थियाे । साेमबार २ हजार ४०० ले गिरावट भएकाे थियाे भने मंगलबार प्रतितोला ३ हजार ५०० रूपैंयाँले मूल्य बढेकाे थियाे । बुधबार भने ३ हजार रूपैंयाँले मूल्य घटेकाे थियाे ।
गत हप्ता आइतबार ९ हजार ५०० रूपैंयाँले मूल्य घटेकाे थियाे । साेमबार २ हजार ९०० रूपैंयाँले मूल्य घटेकाे थियाे भने मंगलबार ५०० रूपैयाँले घट्याे । बुधबार ८ हजार ८०० ले घटेकाे थियाे भने बिहीबार ७ हजार ६०० रूपैंयाँले मूल्य बढेकाे थियाे । शुक्रबार प्रतितोला २ हजार ५०० रूपैंयाँले मूल्य बढेकाे थियाे ।
यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । १०० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ८५५ रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया