काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेकाे छ । आज प्रतिताेला १४ हजार ४०० रुपैँयाँले मूल्य बढेकाे हाे ।
गत शुक्रबार प्रतिताेला २० हजार ५ सय रुपैँयाँले मूल्य घटेकाे थियाे । आइतबार पनि १८ हजार आठ सय रुपैँयाँले मूल्य घटेकाे थियाे । साेमबार पनि १३ हजार चार सय रुपैँयाँले मूल्य घट्याे । मंगलबार भने प्रतिताेला ३ हजार सात सय रुपैँयाँले मूल्य बढ्याे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ७०० कायम भएको छ।
गत हप्ता आइतबार २ हजार ४ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार एकै दिन ५ हजार २०० ले बढ्याे । मंगलबार प्रतिताेला ३ सय रुपैँयाँले मूल्य बढ्याे । बुधबार प्रतिताेला ९ हजार ५ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बिहीबार प्रतिताेला २० हजार ५ सय रुपैँयाँले मूल्य बढ्याे । शुक्रबार प्रतिताेला २० हजार ५ सय रुपैँयाँले मूल्य घट्याे ।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । २६५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ६०० कायम भएको महासंघले जनाएकाे छ ।
माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया