• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

नेप्से परिसूचक आज दोहोरो अङ्कले घट्याे

नेप्से परिसूचक आज दोहोरो अङ्कले घट्याे

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक २४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको हो।

आज ३४५ कम्पनीको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक खरिदबिक्री भए । जसमा १५ अर्ब नौ करोड चार लाख १६ हजार ८४६ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४८ र व्यापार समूह तीन दशमलव ४५ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ५२ करोड ४७ लाख ४७ हजार ५९३ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १६ लाख ७६ हजार ६२६ कित्ता शेयर किनबेच भयाे।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ११, बुधबार १०:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP