• २०८३ असार ३१ | Wed, 15 Jul 2026

असोजका लागि बैंक तथा वित्तीय संस्थाकाे नयाँ ब्याजदर सार्वजनिक

असोजका लागि बैंक तथा वित्तीय संस्थाकाे नयाँ ब्याजदर सार्वजनिक

काठमाडौँ । असोज महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन् ।

बीस वटा वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । विभिन्न प्रकारका बचत खाताबीच २ प्रतिशतभन्दा धेरै ब्याजदर अन्तर हुन नपाउने व्यवस्था छ भने रेमिट्यान्स खाताको ब्याजदरमा थप १ प्रतिशत विन्दुले ब्याजदर थप्न पाउने व्यवस्था छ । बैंकहरूले त्यही रेञ्जभित्र रहेर विशेष खाता तथा रेमिट्यान्स खाताको ब्याजदर निर्धारण गरेका हुन् ।

मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। संस्थागत मुद्दती खाततर्फ एक वर्षका लागि अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तो खातामा ग्लोबल आइएमईले सबैभन्दा धेरै ३.२५ प्रतिशत ब्याजदर तोकेको ६ भने एनएमबि, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २, बिहीबार १३:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP