काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य घटेकाे छ । आज प्रतिताेला ३ हजार रुपैँयाँले मूल्य घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख २ हजार ८०० कायम भएको छ। आइतबार प्रतिताेला २ हजार ३०० रुपैँयाँले मूल्य बढेकाे थियाे ।
गत हप्ता आइतबार ९ हजार ५०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार प्रतिताेला ४ हजार १०० रुपैँयाँले मूल्य बढ्याे । मंगलबार ९०० रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार १ हजार १०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार १०० रुपैँयाँ र शुक्रबार ३ हजार रुपैँयाँले मूल्य घट्याे ।
यस्तै आज चाँदीकाे मूल्य पनि घटेको छ । १२५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ८६० कायम भएको महासंघले जनाएकाे छ ।
माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया