• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

शब्दयात्रा प्रकाशनद्वारा बाढीपीडितको सहयोगका लागि ५५ हजार ५ सय ५५ सहयोग

शब्दयात्रा प्रकाशनद्वारा बाढीपीडितको सहयोगका लागि ५५ हजार ५ सय ५५ सहयोग

बनेपा । शब्दयात्रा प्रकाशनले भोटेकोशी नदीमा आएको बाढीका कारण राष्ट्रिय विपत्तिको अवस्था सिर्जना भएपछि बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

बनेपा नगरपालिका–६ मा रहेको प्रकाशनले विपत्तिको यस घडीमा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समर्पण गरेको हो।

शब्दयात्राका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले विपत्तिका बेला सबैले आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने बताउँदै संस्थाका तर्फबाट उक्त रकम सहयोग गरिएको जानकारी दिनुभयो ।

उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा साथ दिनु सामाजिक दायित्वसमेत भएकाले मानवीय सेवाको भावनाले सहयोग गरिएको बताउनुभयो ।

भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएको अवस्थामा राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन् । सोही क्रममा शब्दयात्रा प्रकाशनले पनि आफ्नो तर्फबाट सहयोग गरेको हो। कालोटोपी डटकम



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २५, बिहीबार १४:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP