• २०८३ भाद्र २६ | Fri, 11 Sep 2026

आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन

आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन

काठमाडौं । कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई छाेराछाेरीहरूले मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् । यस दिन बुबाको मुख हेर्ने, अर्थात् बुबा दिवसको रूपमा मनाई बुबालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो । यस दिवसमा जीवित माता पिताहरूलाई छोराछोरीहरूले विभिन्न प्रकारका मिष्ठान्न तथा अरू अनेकौं लुगा आदिहरू ल्याई चढाउने चलन छ ।

यसबाहेक दिवंगत भएका आमा बाबुहरूको सम्झनामा तीर्थ गोकर्णमा गई नुहाईधुआई गर्नुको साथै श्रद्धाञ्जलीस्वरूप तर्पण दिने कार्य गर्दछन् । सम्बन्धित तीर्थमा जान नसक्नेहरू आ–आफ्ना पुरोहित वा कर्मनिष्ठ ब्राह्मणकहाँ गई सीधा दान दिनेसमेत चलन छ।

मुख हेर्ने चलन वैद्धिक कालदेखि नै चलिआएको हो । किनभने यसमा पितृ पक्षको पनि महत्व छ । आजको दिनलाई कुशे औंसी र गोकर्ण औंशी भन्ने पनि चलन छ । यस दिनमा विशेषगरी बुबा हुनेहरुले जीवित रुपमा नै मुख हेर्ने गर्छन् । तर बुबा नहुनेहरु पवित्र स्थल त्रिवेणी अर्थात् दुई नदीको संगममा गएर पितृ श्राद्ध गर्ने चलन पनि छ । आजको दिन गोर्कंणमा भीड लाग्ने गर्छ । यो परम्परा प्राचीन कालदेखि नै चलिआएको मानिन्छ ।

जीवन छउन्जेलसम्म सम्मान र बितिसकेपछि पनि बुबा पितृ बनेर रहन्छ भन्ने आत्मविश्वास छ र त्यसकारण हिन्दुहरु सधैँ अमर रहने मान्यता छ । भौतिक शरीर नष्ट भए पनि हरेक वर्ष सम्मानका साथ श्राद्ध गर्ने चलन छ र यसदिन विशेष स्मरण गरेर जीवित बुबालाई र पितृलाई सम्मान गर्ने चलन छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २६, शुक्रबार ०५:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP