• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

उग्रतारा बहुउद्देश्यीय सहकारीद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

उग्रतारा बहुउद्देश्यीय सहकारीद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काभ्रे । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । संस्थाले बाढीबाट रसुवा, गोरखा, धादिङ र नुवाकोट जिल्लाका विभिन्न स्थानमा भएको भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाद्वारा हस्ताक्षरित पत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको उल्लेख छ । संस्थाले नेपाल बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा रु. १,११,१११ (अक्षरेपी एक लाख एघार हजार एक सय एघार रुपैयाँ) जम्मा गरेको जनाएको छ ।

बाढी तथा विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति संस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै बाढीका कारण विस्थापित तथा प्रभावित परिवारको शीघ्र सकुशल उद्धार होस् भन्ने कामनासमेत संस्थाले गरेको छ।

प्राकृतिक विपत्तिको समयमा पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला उग्रतारा बहुउद्देश्यीय सहकारीले गरेको आर्थिक सहयोगले मानवीय सेवाप्रतिको उत्तरदायित्वलाई समेत उजागर गरेको छ । संस्थाले विपद्मा परेका नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २५, बिहीबार १९:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP