• २०८३ भाद्र २६ | Fri, 11 Sep 2026

आज मोती जयन्ती मनाइँदै

आज मोती जयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

नेपाली गजल साहित्यका विशिष्ट व्यक्तित्व भट्टको विसं १९२३ साल भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएको हाे । त्यसैले यस दिनलाई मोती जयन्तीका रूपमा मनाइने गरिएको हो ।

श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए । ३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

थोरै बाँचेर पनि नेपाली साहित्यमा धेरै योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २६, शुक्रबार ०६:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP