• २०८३ भाद्र २६ | Fri, 11 Sep 2026

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८५ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार २०:०० बजेसम्म १ हजार ३ सय ८५ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा १ सय ८३ जना, नुवाकोटमा १ सय ९८ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २८ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ३ सय ८० जनाको शव फेला परेको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ६ सय ३९ गरी कुल २ हजार ९ सय २५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २ सय ९२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ९ सय ८९ जना व्यक्तिहरूलाई राखिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २६, शुक्रबार ०५:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP