बारा । करिब २ सय ३ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका-१८ बडर्वाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३ किलो ८ सय ५० ग्रामसहित मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २४ वर्षीय निशानबहादुर सिन्चुरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरी चौकी जीतपुर समेतबाट खटिएको प्रहरीले बिएसी २३४३ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक निशानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया