सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडानम्बर ९ मा रहेकाे पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई स्कूल ब्याग, ऊनीकाे टोपी, पानी खाने बोतल तथा शैक्षिक सामfग्री वितरण गरिएकाे छ।
डिष्ट्रिक्ट ३२५ F, लायन्स क्लब अफ काठमाडौँ शुभ ताराको तर्फबाट ती सामाग्री वितरण गरिएकाे हाे । कार्यक्रममा वडानम्बर ९ का वडाध्यक्ष किरणदीप खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर तामाङ, विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर अधिकारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा लायन सुशीला श्रेष्ठ, आदित्य जाेशी, आकाश श्रेष्ठ, अमृत घले, मेरिना केसी पहाडी, रमिला प्रधान श्रेष्ठ, लाेकनाथ पाैडेल र मधुकर श्रेष्ठलगायतकाे उपस्थिती रहेकाे थियाे ।
प्रतिक्रिया