• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

सुनको मूल्यमा १ हजार ६०० को बृद्धि, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा १ हजार ६०० को बृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज प्रतितोला १ हजार ६०० रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८७ हजार १०० रूपैंयाँ कायम भएको छ ।

गत हप्ता आइतबार १ हजार ९०० रूपैंयाँले मूल्य बढेको थियाे । साेमबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने मंगलबार एक हजार रूपैंयाँले मूल्य बढ्याे ।

बुधबार भने एकैदिन ५ हजार ४०० रूपैंयाँले मूल्य बढेको थियाे । यस्तै बिहीबार प्रतितोला ३०० रूपैंयाँले मूल्य बढ्दा शुक्रबार ५ हजार ८०० रूपैंयाँले मूल्य घट्याे ।

यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ६० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ४१० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १०, आईतवार १०:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP