काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरापुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ८५ ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका-२ बस्ने २१ वर्षीय समिर राई र उदयपुर वेलका नगरपालिका-७ बस्ने २१ वर्षीय रमेश राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४६ प ९९०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ सप्तरङ्गी पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय अमित थापा मगरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्बे समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो १ सय ग्रामसहित महोत्तरी रामगोपालपुर नगरपालिका-२ ट्याङ्ग्राहा बस्ने २७ वर्षीय अजयकुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलाली, बर्दगोरिया गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ निमुवाबोझि बस्ने २८ वर्षीय मीनबहादुर बोहरा र २४ वर्षीय तेजबहादुर बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहा, धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-३ बस्ने २५ वर्षीय अभिषेक साह र सिन्धुली दुधौली नगरपालिका-९ टारी बस्ने ३२ वर्षीय एलेक्स आले रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरीले बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १-०२-०४ प ३५३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया