• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । जसले गर्दा देशका केही भागमा आज पनि वर्षाको सम्भावना छ ।

कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी, मधेस, वागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरूमा मेघगर्जन/हिमपातको सम्भावना छ । साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पानी पर्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति, देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र तराई भागमा आंशिक बादल लाग्नेछ । विभागका अनुसार, कोशी, मधेस, वागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १३, आईतवार ०१:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP