• २०८३ असार ३१ | Wed, 15 Jul 2026

वीपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

वीपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–९ पानीट्याङ्कीस्थित वीपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार अपराह्न करिब ४ः१५ बजेको समयमा धुलिखेलबाट काभ्रेभञ्ज्याङतर्फ जाँदै गरेको प्र.३–०२–००८ प ७१४३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार धुलिखेल नगरपालिका–११ निवासी २० वर्षीय निर्जल घिमिरे गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते घिमिरेलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा अपराह्न ४ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्कुटर चालक धुलिखेल नगरपालिका–११ निवासी २० वर्षीय पुकार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १२, मंगलवार १८:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP