धनुषा । जनकपुरधाम उपमहानगरपालिका-४ माछा बजारबाट स्रोत नखुलेको रकम १० लाख ३ हजार ८ सय ५ रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
सोही ठाउँ डेरा गरी बस्ने महोत्तरी एकडारा गाउँपालिका-४ घर भएका ३५ वर्षीय रंजितकुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीको उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
साथै प्रहरीले उनले प्रयोग गर्ने म.प्र.०२-००९ प ०५४३ नम्बरको स्कुटरसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया