• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

फूलपातीदेखि पूर्णिमासम्म काभ्रेमा टिपर सञ्चालनमा राेक (भिडियाेसहित)

फूलपातीदेखि पूर्णिमासम्म काभ्रेमा टिपर सञ्चालनमा राेक (भिडियाेसहित)

धुलिखेल । काभ्रे जिल्लाभित्र दशैं अवधीभर टिपर सञ्चालनमा राेक लगाइएको छ।

जिल्ला सुरक्षा समितिको असाेज ६ गतेको निर्णयअनुसार फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा पूर्णरुपमा राेक लगाइएकाे हाे ।

बीपी राजमार्ग, अरनिको राजमार्गलगायत सडकमा हुने चाप तथा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र नागरिकको सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालनमा राेक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएकाे छ ।

यस अवधिमा नियम उल्लङ्घन गरी टिपर सञ्चालन गर्ने सवारी साधनमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । तर, अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधन भने निर्वाद संचालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ७, मंगलवार १३:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP