• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

आजकाे माैसमः तीन वटा प्रदेशमा भारी वर्षा हुन सक्ने

आजकाे माैसमः तीन वटा प्रदेशमा भारी वर्षा हुन सक्ने

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भागमा सरदरभन्दा केही उत्तर तथा पूर्वी भागमा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश, कोशी र बागमती प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागको केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र तराई भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । देशका तराई भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २६, मंगलवार ०६:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP