• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

पाँचपोखरीमा टेलिकम टावर स्थापनाका लागि अनुमति, तीन वर्षको अथक प्रयास सफल

पाँचपोखरीमा टेलिकम टावर स्थापनाका लागि अनुमति, तीन वर्षको अथक प्रयास सफल

सिन्धुपाल्चाेक । तीन वर्षको अथक प्रयासपछि सिन्धुपाल्चाेककाे पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापना गर्नका लागि आवश्यक अनुमति प्राप्त भएको छ।

निकुञ्जको स्वीकृतिसँगै अब यस क्षेत्रका तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दाकाे लामो प्रतिक्षापछि दूरसञ्चार सेवाको पहुँच पुग्ने आशा गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले तीन वर्षदेखि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै अथक प्रयासपछि अन्ततः पाँचपोखरीमा टेलिकम टावर राख्नका लागि निकुञ्जबाट अनुमति प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयाे ।

तीर्थयात्री, पर्यटक र आम नागरिकको दीर्घ प्रतीक्षालाई अन्त्य गर्दै अब चाँडै टेलिकम टावर स्थापनाको कार्य अघि बढ्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

यससँगै पाँचपोखरीसम्म विद्युत् लाइन विस्तारका लागि पनि आवश्यक स्वीकृतिको कानुनी प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै लामाले अभियानको प्रारम्भदेखि साथ, सहयोग र समझदारीका लागि जिल्ला प्रशासन कार्यालयलाई विशेष धन्यवाद ब्यक्त गर्नुभयो ।

यस कदमले पाँचपोखरी क्षेत्रको धार्मिक पर्यटन, आपतकालीन संचार सुविधा र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २५, मंगलवार १२:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP