• २०८३ असार ३१ | Wed, 15 Jul 2026

क्यानडा पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने काभ्रेका आसमान विक पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने काभ्रेका आसमान विक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-३ बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-९ घर भएका २० वर्षीय आसमान विकलाई प्रहरीले पक्राउ गरेको छ।

आसमानले क्यानडा पठाइदिन्छु भन्दै १ जनाबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ५, शुक्रबार ०८:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP