काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरू, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरू तथा मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भागमा तापक्रम बढ्ने सम्भावना छ ।
आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली प्रदेशको हिमाली भाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया