काठमाडौँ । संखुवासभा र ताप्लेजुङको सीमाना क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको छ।
भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको समाचार आएको छैन ।
प्रतिक्रिया