• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

हेलम्बुमा पाँच दिने स्थानीय जलवायु अभियन्ता क्षमता अभिवृद्धि तालिम

हेलम्बुमा पाँच दिने स्थानीय जलवायु अभियन्ता क्षमता अभिवृद्धि तालिम

हेलम्बु, सिन्धुपाल्चोक । जस्ट नेपाल फाउन्डेसन (JNF) को CCAM-2 परियोजना अन्तर्गत साउन ४ देखि ८ गतेसम्म सञ्चालन गरिएको पाँच दिने स्थानीय जलवायु अभियन्ता (LCC) क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

हेलम्बु गाउँपालिकाका सातवटै वडाका १३ जना स्थानीय जलवायु अभियन्ताहरूको सक्रिय सहभागितामा सञ्चालन भएको उक्त तालिममा प्रमुख प्रशिक्षक सोहनलाल श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

तालिम अवधिभर सहभागीहरूले CCAM-2 परियोजनाको उद्देश्य, अवधारणा तथा कार्यान्वयन प्रक्रियाबारे साझा बुझाइ विकास गर्नुका साथै स्थानीय जलवायु अभियन्ताको भूमिका र जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्ने सीप हासिल गरेका छन् । यसका साथै समुदाय परिचालन, नेतृत्व विकास, प्रभावकारी सञ्चार, पैरवी तथा जलवायु परिवर्तन अनुकूलनका विषयमा अभ्यास, समूह छलफल र अनुभव आदान–प्रदान गरिएको थियो ।

तालिमले स्थानीय जलवायु च्याम्पियनहरूलाई समुदायसँग अझ प्रभावकारीरूपमा जोड्दै जलवायु उत्थानशील विकासका प्रयासलाई थप सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । साथै, यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले स्थानीय तहमा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न सक्षम जनशक्ति तयार गर्दै दिगो र उत्थानशील समुदाय निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ९, शनिबार २१:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP