• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः केही प्रदेशमा हल्का वर्षा हुन सक्ने

आजकाे माैसमः केही प्रदेशमा हल्का वर्षा हुन सक्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छभ ने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी, हिमाली तथा पहाडी भाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ३, आईतवार ०१:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP