• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २१ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २१ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २१ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२६ पवित्रनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेटसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बसपार्क बस्ने झापा घर भएका ३३ वर्षीय सबिन बस्नेत, काठमाडौं सामाखुशी बस्ने मोरङ घर भएका २१ वर्षीय आयुष लिम्बु र काठमाडौं पवित्रानगर बस्ने दोलखा घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट र नगद १ हजार ४ सय रूपैयाँसहित सोही नगरपालिका-१० चिलन्चो बस्ने २९ वर्षीय योगेन्द्र महर्जनसमेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्रामसहित २ मकवानपुर घर भएका १७ वर्षीय किशोरसमेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०३-००३ प ५७६४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

पाल्पा, तानसेन नगरपालिका-९ अम्लिहानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिगराम र नगद ११ हजार ६ सय १० रूपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माथागढी गाउँपालिका-३ बस्ने ३३ वर्षीय प्रेमबहादुर राना र २६ वर्षीय आशिष राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र फेनारगन ५ एम्पुलसहित लमजुङ राइनास नगरपालिका-९ बगुवा बस्ने २९ वर्षीय सुमन तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख २६७१ नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ खैरेनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्रामसहित लालझाडी गाउँपालिका-१ विछुवा खल्ला बस्ने २२ वर्षीय शिवकुमार रानालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-५ झिलमिलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय रामबहादुर कठायत र ३३ वर्षीय हर्कबहादुर बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१३ प ५३०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-७ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बिजयनगर बस्ने ३२ वर्षीय श्यामबहादुर चौधरी र जानकी गाउँपालिका-३ लायकपुर बस्ने २५ वर्षीय भानु गिरी रहेका छन् । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ भगत चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय राजाराम चौधरी र सोही उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय शंकर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैँचा नगरपालिका-८ सिंहवाहिनी टोल बस्ने ८० वर्षीय चन्द्रबहादुर बिष्टलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१६ बस्ने २६ वर्षीय प्रकाश भुजेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिरहा, धनगढीमाई नगरपालिका-५ तेतिस विगहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका नगरपालिका-५ बस्ने २० वर्षीय भरतकुमार मण्डल र सोही नगरपालिका-१० बस्ने २१ वर्षीय जिवछ साफी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको स.९ प १०७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २१, सोमबार १४:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP