• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३२ वर्षीय सबिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्रामसहित धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने २९ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्रामसहित बर्दिया राजापुर नगरपालिका-७ भीमापुर बस्ने १९ वर्षीय सनम थारूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जेपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय बेख लाल राना र २८ वर्षीय भक्तु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।

उदयपुर, कटारी नगरपालिका-६ बैनाज पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्रामसहित सोही नगरपालिका-४ सिम्ले डेरा गरी बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-६ बाउनटार घर भएका ३० वर्षीय नरबहादुर पुलामी मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-७ गुनाहाना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित सोही गाउँपालिका-५ बस्ने २९ वर्षीय वसिम जसगढ समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धनुषा, धनौजी गाउँपालिका-३ कटैया चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेटसहित हंसपुर नगरपालिका-१ मानसिपट्टी बस्ने २० वर्षीय ओम मण्डलसमेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२-०३-०१७ प ६०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१९ शिवपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १ सय ग्रामसहित बारा घर भएका ५० वर्षीय राम कनाही महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापा, गौरादह नगरपालिका-२ डिठ्ठा चोक बस्ने ३१ वर्षीय विवेक राजवंशीसमेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक समेतबाट खटिएको प्रहरीले विवेकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१-०१-०१२ प ५६६८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय १० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ गरामनी बस्ने ३५ वर्षीय राजकुमार कामती र उनकै श्रीमती ३३ वर्षीया मनिका कामती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले मे.९ प ४०७१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, कानेपोखरी गाउँपालिका-७ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सप्तरी, बोदेबरसाईन नगरपालिका-९ स्वर्णपट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३१ ग्राम ९ सय १० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका-८ पोखरिया बस्ने ३८ वर्षीय त्रिलोकी चौधरी र सोही नगरपालिका-७ भङ्हा टोल बस्ने ३२ वर्षीय सन्तलाल दास रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७ प ८५२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

इलाम, सूर्योदय नगरपालिका-११ तीनघरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका-१ बस्ने ३१ वर्षीय भुबन राय र ३६ वर्षीय सन्जु तामाङ रहेका छन् । प्रहरी चौकी तीनघरेबाट खटिएको प्रहरीले झापाबाट पाचँथरतर्फ जाँदै गरेको मे.८ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ६, शनिबार १७:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP