• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

यस्ताे छ आजकाे मौसम पूर्वानुमान

यस्ताे छ आजकाे मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्हसम्म कुहिरोको समेत सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।

आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ११, शुक्रबार ००:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP