• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । उनले ५६ मत प्राप्त गर्दै प्रतिस्पर्धी रामचन्द्र संघईलाई पराजित गरेका हुन् । संघईले ३० मत प्राप्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष पदका लागि प्रारम्भमा तीन जना उम्मेदवार रहेकामा हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएपछि वैद्य र संघईबीच प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरी, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत प्राप्त गर्दा प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो । महासंघको विधान २०४९ (सातौँ संशोधन) अनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको चयन कार्यकारिणी समितिबाट हुने व्यवस्था रहेकाले सोहीअनुसार शुक्रबार निर्वाचन गरिएको हो ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ९, शनिबार ०५:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP