• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बिहीबार उच्च अङ्कले घट्याे नेप्से, कति भयाे काराेबार ?

बिहीबार उच्च अङ्कले घट्याे नेप्से, कति भयाे काराेबार ?

काठमाडाैं । शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ३८ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार ७८१ विन्दुमा सीमित भएको छ ।

आज सेन्सेटिभ परिसूचक पनि पाँच दशमलव ७४ अङ्कले ओरालो लागेर ४७७ दशमलव ६८ मा सीमित भएको छ । कूल एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर आठ अर्ब नौ करोड ५६ लाख १० हजार ४४५ मूल्यमा खरिदबिक्री भए ।

कारोबारका आधारमा विकास हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, थ्रिस्टार हाइड्रोपावर, एनएजी इन्स्योरेन्स कम्पनी र पिपल्स पावर कम्पनीका शेयरधनीले कमाएका छन् ।

यस्तै, ओरियण्टल होटल, लुम्बिनी विकास बैंक, साग्रिला डेभलपमेन्ट बैंक, सिकलेस हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले गुमाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १२, बिहीबार १३:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP