बनेपा । काभ्रेको बनेपास्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. का सबै कार्यालयका कर्मचारीहरूको अनुशिक्षण तथा संयुक्त कर्मचारी समीक्षा बैठक आज (शनिबार) सम्पन्न भएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बी. लामा स्याङ्तानको अध्यक्षता तथा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको विशेष उपस्थितिमा आयोजित कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो ।
कार्यक्रमको पहिलो चरणमा कर्मचारीहरूको तनाव व्यवस्थापन तथा कार्यक्षमता अभिवृद्धिका लागि जीवन योग विज्ञान अन्तर्गत सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणमार्फत कर्मचारीहरूलाई मानसिक सन्तुलन, सकारात्मक सोच र कार्यउत्साह अभिवृद्धि गर्ने विषयमा जानकारी दिइएको थियो ।
दोस्रो चरणमा संस्थाको गत आर्थिक वर्षका वित्तीय तथा गैरवित्तीय गतिविधिको समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ का भावी कार्ययोजना, लक्ष्य तथा रणनीतिका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा विभिन्न कार्यालयका व्यवस्थापकहरूले आफ्नो कार्यालयमा अपनाइएका असल अभ्यास तथा अनुभव प्रस्तुत गरेका थिए । साथै विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूले चालु आर्थिक वर्षका कार्ययोजना प्रभावकारीरूपमा कार्यान्वयन गर्ने रणनीतिबारे धारणा राखेका थिए ।
कार्यक्रमले कर्मचारीहरूबीच अनुभव आदान–प्रदान, क्षमता अभिवृद्धि तथा संस्थाको भावी कार्यदिशा स्पष्ट बनाउन महत्वपूर्ण योगदान पुगेको संस्थाले जनाएको छ ।
प्रतिक्रिया