• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026

बिन्धवासिनीमा उद्यमशीलता विकास तालिम सफलतापूर्वक सम्पन्न

बिन्धवासिनीमा उद्यमशीलता विकास तालिम सफलतापूर्वक सम्पन्न

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा राष्ट्रिय सहकारी बैंक लि. (NCBL) को वित्तीय सहयोगमा सञ्चालित दुई दिने उद्यमशीलता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

तालिममा संस्थाका ४१ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व शिक्षा तथा तालिम उपसमिति संयोजकले गर्नुभएको थियो ।

तालिमको सहजीकरण संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएको थियो । तालिमका क्रममा उद्यमशीलता विकास, व्यवसाय व्यवस्थापन, वित्तीय अनुशासन, बजार व्यवस्थापन तथा आयआर्जनका अवसरसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो ।

समापन समारोहमा सहभागी सम्पूर्ण सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई व्यवहारमा उतार्दै स्वरोजगार सिर्जना गर्न तथा सफल उद्यमी बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।

यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन वित्तीय सहयोग प्रदान गर्नुहुने राष्ट्रिय सहकारी बैंक लि. (NCBL), उपस्थित अतिथिहरू, प्रशिक्षक, सहभागी सदस्यहरू तथा प्रत्यक्ष–अप्रत्यक्षरूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण महानुभावहरूप्रति बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. हार्दिक आभार व्यक्त गर्दछ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २१, बिहीबार १८:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP