काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
जसले गर्दा हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बादल र तराई भागमा मुख्यतया माैसम सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । तराईमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भागका थोरै स्थानहरू, मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।
राति कोशी प्रदेशलगायत देशको हिमाली भागमा साधारणतया बादल, पहाडी भाग तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका थोरै स्थानहरू र मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रतिक्रिया