बनेपा । विश्व वातावरण दिवस २०८३ को अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–३ स्थित कासीभञ्ज्याङ सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
बनेपा नगरपालिका र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रममा नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाललगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
हरेक वर्ष जुन ५ मा विश्वभर मनाइने विश्व वातावरण दिवसका अवसरमा नेपालका विभिन्न स्थानमा पनि वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमहरू आयोजना गरिने गरिन्छ।
यस वर्ष पनि वृक्षारोपण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रममार्फत वातावरण संरक्षणप्रति नागरिकको सहभागिता बढाउने प्रयास गरिएको छ।
प्रतिक्रिया