• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

नेपालमा मनसुन भित्रिन करिब एक साता लाग्ने

नेपालमा मनसुन भित्रिन करिब एक साता लाग्ने

काठमाडौँ । नेपालमा मनसुन भित्रिन करिब एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको छ । बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्नेछ । कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ ।

नेपालमा औसत जुन १३ तारिखमा मनसुन भित्रिने मिति हो । तर, भारतमा तोकिएको औसत मिति जुन १ मा मनसुन भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ । त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने अनुमान गरिएको मौसमविद्हरूकाे भनाइ छ ।

यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आँकलन गरिएको छ । कुनैकुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावनासमेत रहेको मौसमविद्हरूले अनुमान गरेका छन् । याे वर्षायामकाे मनसुनको समयमा ५१ हजार परिवारका दुई लाख २६ हजार नागरिक प्रभावित हुने अनुमान गरिएको उल्लेख गर्दै सोहीअनुसार प्रतिकार्य राष्ट्रिय योजना बनाएर लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशको हिमाली र पहाडी भागका केही स्थानहरूमा तथा तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशलगायत देशको हिमाली भागको थोरै स्थानहरू, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशलगायत देशको हिमाली भागको थोरै स्थानहरू, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २३, शनिबार ०६:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP