• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

काभ्रेमा बेवारिसे अवस्थामा रहेका ११ जनाको उद्धार, मानव सेवा आश्रमलाई जिम्मा

काभ्रेमा बेवारिसे अवस्थामा रहेका ११ जनाको उद्धार, मानव सेवा आश्रमलाई जिम्मा

धुलिखेल । काभ्रेपलाञ्चोकमा बेवारिसे अवस्थामा भेटिएका ११ जना व्यक्तिको उद्धार गरी पुनर्स्थापनाका लागि आश्रममा जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जेठ २२ गते जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, बनेपा तथा प्रहरी चौकी पनौती लगायत मातहतका प्रहरी इकाइहरूको संयुक्त सहकार्यमा बेवारिसे अवस्थामा रहेका ९ जना पुरुष र २ जना महिला गरी जम्मा ११ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका ती व्यक्तिहरूलाई आवश्यक हेरचाह, संरक्षण तथा पुनर्स्थापनाको व्यवस्थाका लागि मानव सेवा आश्रमको मानव सेवा आश्रमलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस कार्यले सडकमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका नागरिकहरूको संरक्षण, मानवीय सेवाको प्रवर्द्धन तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २३, शनिबार ०६:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP