• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न भागबाट सात जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न भागबाट सात जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न भागबाट सात जना पक्राउ परेका छन् । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-८ सिसुवाधरमपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ८० मिलिग्रामसहित सोही गाउँपालिका-८ बस्ने ४२ वर्षीय नौसाद आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको प्रहरीले भारत बासमतिया बजारबाट भुटाहातर्फ आउँदै गरेको बीआर ३८ एई ६३८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-५ शनिश्चरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ ट्याब्लेटसहित २ जनालाई आइरबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-८ बस्ने २० वर्षीय महमद साहावाज र सोही नगरपालिका-७ बस्ने २४ वर्षीय सुनिल कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको मे. ११ प ६२११ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

मोरङ, सुन्दरहरैंचा नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा करिब ३७ किलो ३६ ग्रामसहित सोही नगरपालिका-१० बस्ने ४२ वर्षीय योगेन्द्र श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोक र अस्थायी प्रहरी पोष्ट त्रिबेणबाट खटिएको प्रहरीले बेलबारी नगरपालिका ३०५-२०८१/८२ नम्बरको सिटीसफारीलाई जाँच गर्ने क्रममा डिक्कीमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक योगेन्द्रलाई पक्राउ गरेको हो ।

रौतहट, यमुनामाई गाउँपालिका-३ बस्ने २१ वर्षीया नइमा खातुनलाई नियन्त्रित लागूऔषध नोर्फिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल, डाइजेपाम ६ सय एम्पुलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने ३४ वर्षीय नारायण थारूसमेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले नारायणको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ५, सोमबार १५:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP