• २०८३ असार ३० | Tue, 14 Jul 2026

आजकाे माैसमः पश्चिम नेपालबाट वर्षा सुरु, बैतडीमा १० मिलीमिटर वर्षा मापन

आजकाे माैसमः पश्चिम नेपालबाट वर्षा सुरु, बैतडीमा १० मिलीमिटर वर्षा मापन

काठमाडौँ । आजदेखि पश्चिम नेपालबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको पनि जनाएकाे छ ।

विभागबाट प्राप्त विवरणअनुसार पछिल्लो तीन घण्टामा बैतडीको शतबाँजमा १० मिलीमिटर वर्षा भएको छ । यस्तै दार्चुलामा पाँच, डडेलधुरामा ९.४, डोटीमा सात, कञ्चनपुरमा ०.८ र कैलालीमा ०.४ मिलीमिटर वर्षा भएको छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तर राति विस्तारै फेलिने पनि विभागले जनाएको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६.९ डिग्री, जोमसोममा माइनस तीन र जिरीमा माइनस ०.९ डिग्री तापक्रम रहेको छ ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन / चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित असिनाको समेत सम्भावना रहेको छ । जसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध पनि गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १०, शनिबार ००:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP