• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बिनोद नेपाल स्मृति फाउन्डेसनद्वारा वार्षिक प्रगति सार्वजनिक

बिनोद नेपाल स्मृति फाउन्डेसनद्वारा वार्षिक प्रगति सार्वजनिक

सिन्धुपाल्चोक । बिनोद नेपाल स्मृति फाउन्डेसन (BNSF) ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ । प्रतिवेदन अनुसार स्वर्गीय बिनोद नेपालको स्मृतिमा मेलम्ची नगरपालिका–११ स्थित श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका दुई विद्यार्थीलाई सम्मान गरिएको छ । साथै सोही विद्यालयमा इन्जिनियरिङ अध्ययनरत कक्षा १०, ११ र १२ का पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

फाउन्डेसनले स्वर्गीय बिनोद नेपालको जन्मजयन्तीको अवसरमा बुढानीलकण्ठस्थित रिमा सेवा समाजका वृद्धवृद्धालाई खाद्यान्न वितरण गर्नुका साथै वृद्धाश्रम भवन निर्माणका लागि आर्थिक सहयोगसमेत प्रदान गरेको जनाएको छ। आगामी कार्यक्रमबारे प्रमुख सल्लाहकार तथा सल्लाहकारहरूसँग छलफल गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यस वर्ष दुई जना नयाँ आजीवन सदस्य थपिएसँगै फाउन्डेसनका आजीवन सदस्य संख्या १०८ पुगेको छ । संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले फाउन्डेसनका गतिविधिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा र मानवीय कार्यलाई निरन्तरता दिइने बताए ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६, तालामाराङमा जन्मिएका तथा काठमाडौं बुढानिलकण्ठ–१२, कपन आदर्शनगर निवासी स्व. इन्जिनियर बिनोद नेपालकाे उच्च शिक्षा अध्ययनका क्रममा संयुक्त राज्य अमेरिकामा रहँदा सवारी दुर्घटनामा परी असामयिक निधन भएको थियो । समाज र राष्ट्रका लागि केही गर्ने अठोट बोकेका उनको स्मृतिमा २०७७ सालमा फाउन्डेसन स्थापना गरिएको थियो ।

फाउण्डेसनले शिक्षा, आश्रयविहीन, असहाय, अपाङ्गता भएका नागरिक, सडक बालबालिका, पारिवारिक विछोडमा परेका ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको हितमा विभिन्न सहयोग गर्दै आएको छ । फाउण्डेसनको यो सहयोगले पनि रिमा सेवा समाजका लागि वृद्धाश्रम सञ्चालनजस्तो पुण्य कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १६, शनिबार २१:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP