• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रेस स्वतन्त्रताको पक्ष र सरकारकाे विभेदकारी निर्णयविरूद्ध पत्रकार महासंघ काभ्रेको धर्ना

प्रेस स्वतन्त्रताको पक्ष र सरकारकाे विभेदकारी निर्णयविरूद्ध पत्रकार महासंघ काभ्रेको धर्ना

धुलिखेल । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा तथा सूचना र विज्ञापनसम्बन्धी विभेदकारी एवं स्वेच्छाचारी निर्णय खारेजको माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा धर्ना कार्यक्रम आयोजना गरेको छ।

बुधबार आयोजित धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, उपाध्यक्ष कपिल कोइराला, सचिव नगेन्द्र अधिकारी लगायत कार्यसमितिका सदस्य, पदाधिकारी, पूर्व अध्यक्षहरू महेश पौडेल, मोतिराम तिमल्सिना, बद्रीराज तिमल्सिना तथा विभिन्न सञ्चार माध्यममा कार्यरत क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले सरकारका विभेदकारी निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै प्रेस स्वतन्त्रताको पक्षमा काम गर्न सरकारलाई चेतावनी दिएका छन् । उनले माग सम्बोधन नभए महासंघ थप सशक्त आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने बताएका छन् ।

धर्नाका क्रममा पत्रकारहरूले प्रेस स्वतन्त्रताको पक्षमा लेखिएका विभिन्न नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए । नयाँ सरकार गठन भएलगत्तै सञ्चार माध्यमको हितविपरीत निर्णयहरू भएको भन्दै नेपाल पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा उत्रिएको छ। साेही क्रममा बुधबार सबै जिल्ला प्रशासन कार्यालय अघिल्तिर पत्रकारहरूले धर्ना दिएका हुन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २७, बुधबार १६:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP