• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजदेखि भरी सिलिन्डर ग्यास बजारमा पठाउन निगमकाे निर्देशन

आजदेखि भरी सिलिन्डर ग्यास बजारमा पठाउन निगमकाे निर्देशन

काठमाडाैं । नेपाल आयल निगमले आज (बुधबार) देखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ ।

इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिन्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० तोकेको छ ।

निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७ दशमलव १ किलो) ग्यास भएको सिलिन्डर बिक्री गर्न निर्देशन दिएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ३१, बुधबार ०६:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP