• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026

सुनको मूल्यमा ४ हजार ३०० को गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा ४ हजार ३०० को गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज प्रतितोला ४ हजार ३०० रूपैंयाँले मूल्य घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८४ हजार २०० रूपैंयाँ कायम भएको छ । आइतबार १ हजार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार १ हजार ४०० रूपैंयाँले मूल्य बढ्याे ।

गत हप्ता आइतबार १ हजार ९०० रूपैंयाँले मूल्य बढेको थियाे । साेमबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने मंगलबार एक हजार रूपैंयाँले मूल्य बढ्याे ।

बुधबार भने एकैदिन ५ हजार ४०० रूपैंयाँले मूल्य बढेको थियाे । यस्तै बिहीबार प्रतितोला ३०० रूपैंयाँले मूल्य बढ्दा शुक्रबार ५ हजार ८०० रूपैंयाँले मूल्य घट्याे ।

यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । १३५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ३१० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १२, मंगलवार ११:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP