• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026

मण्डनदेउपुर-८ मा महिलाका लागि पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने

मण्डनदेउपुर-८ मा महिलाका लागि पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने

काभ्रे । काभ्रेकाे मण्डनदेउपुर नगरपालिकाको जुडिगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रले वडा नं. ८ का महिलाहरूका लागि HPV DNA Screening Camp (पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर) सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार ३० देखि ६० वर्ष उमेर समूहका वडा नं. ८ का सबै महिलालाई शिविरमा सहभागी भई निःशुल्क परीक्षण गराउन आग्रह गरिएको छ ।

शिविर निम्न स्थान र मितिमा सञ्चालन हुनेछः
श्रावण १४ र १५ गते – जुडिगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्र
श्रावण १८ गते – डाँडागाउँ, पुरानो बाघखाेर स्कुल
श्रावण १९ गते – घाइटार वडा कार्यालय

उल्लेखित स्थानहरूमा शिविर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश घिमिरेले सबै लक्षित महिलालाई समयमै उपस्थित भई परीक्षण गराई पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाममा सहयोग पुर्‍याउन अनुरोध गर्नुभएको छ ।

तस्बीरः एआइ



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ११, सोमबार १७:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP