• २०८३ असार ३० | Tue, 14 Jul 2026

सिन्धुपाल्चोककाे हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर शुरु

सिन्धुपाल्चोककाे हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर शुरु

  • श्याम शर्मा एलशी

सिन्धुपाल्चोक । जिल्लाकाे हेलम्बु गाउँपालिकास्थित हेलम्बु प्राथमिक अस्पतालमा चार दिने बृहत स्वास्थ्य शिविर शुरु भएको छ।

हेलम्बु गाँउपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय, ग्रेस बब्तिस चर्च ताईवान र फेयरमेडको सहयोगमा स्वास्थ्य शिविर शुरु भएको हाे। यसलाई मांक, बौद्ध डुनामिस चर्च र ग्याल्थुम डुनामिस चर्जले समन्वय गरेका छन् ।

शिविरको साेमबार गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उद्घाटन गर्नुभएकाे हाे । साे अवसरमा उहाँले गाउँगाउँमा स्वास्थ्य सुविधा प्रदान गर्न पालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

शिविरमा दाँत, बाल रोग, स्त्री रोग, छालासम्बन्धी र जनरल सबै रोगको परिक्षण तथा उपचार, निःशुल्क औषधि वितरण तथा परामर्श दिइनेछ । शिविरमा ताईवानका वरिष्ठ डाक्टर तथा नेपाली डाक्टरहरुले बिमारीको परिक्षण गर्नुहुनेछ ।

आज पहिलो दिन १२५ जना भन्दा बढी बिरामीले सेवा लिनु भएको छ। चार दिने शिविर कार्तिक २० गते समापन हुने स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले बताउनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १७, सोमबार १४:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP