• २०८३ असार ३० | Tue, 14 Jul 2026

इन्द्रावती–३ मा एकीकृत घुम्ती शिविर, १ सय ४५ जनाको स्वास्थ्य परीक्षण

इन्द्रावती–३ मा एकीकृत घुम्ती शिविर, १ सय ४५ जनाको स्वास्थ्य परीक्षण

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले “सेवाप्रवाह घरदैलोमा” अभियान अन्तर्गत वडा नं. ३ मा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँगको साझेदारीमा आयोजित शिविरमार्फत स्वास्थ्य, राष्ट्रिय परिचयपत्र तथा पशुपक्षीसम्बन्धी सेवा एकै स्थानबाट प्रदान गरिएको हो ।

शिविरमा स्वास्थ्यतर्फ १ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । परीक्षण गरिएकामध्ये १ सय ३ महिला र ४२ पुरुष रहेका छन् । पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएका ३५ महिलामध्ये ४ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै, २ जना गर्भवतीको भिडियो एक्स–रे गरिएको, ५ जनामा आङ खस्ने समस्या पहिचान भएको, जसमध्ये २ जनामा रिङ राखिएको र २ जनालाई थप उपचारका लागि रिफर गरिएको जनाइएको छ । शिविरमा ७५ जनालाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

राष्ट्रिय परिचयपत्र सेवा अन्तर्गत १७ जनालाई परिचयपत्र वितरण गरिएको छ । परिचयपत्र पाउनेमध्ये १२ जना पुरुष र ५ जना महिला रहेका छन् ।

पशुपक्षी सेवातर्फ ९ सय ३० पशुपक्षीलाई औषधि वितरण तथा उपचार सेवा प्रदान गरिएको छ । साथै २५ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको गाउँपालिकाले जनाएको छ । यस सेवाबाट १ सय २८ जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन् भने पशुपालनसम्बन्धी परामर्श सेवासमेत प्रदान गरिएको थियो ।

गाउँपालिकाले शिविरलाई सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सेवा अझ प्रभावकारी बनाउन सबैको सहयोग, समन्वय र रचनात्मक सुझावको अपेक्षा गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १७, बुधबार २१:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP