• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

पनौती–५ मा भएकाे रक्तदानमा ५७ जनाले दिए रगत

पनौती–५ मा भएकाे रक्तदानमा ५७ जनाले दिए रगत

पनौती । रगतको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले काभ्रेकाे पनौती नगरपालिका वडा नं. ५ मा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् ।

“रक्तदान जीवनदान हो, रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सन्देशसहित पनौती नगरपालिका वडा नं. ५ कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको प्राविधिक सहयोगमा सुब्बागाउँ सहरी स्वास्थ्य केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीका लागि एक थोपा रगतसमेत अमूल्य हुने भएकाले जिल्लामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीयवासी, सामाजिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान गरी मानवीय सेवामा योगदान पुर्‍याउने ५७ जना रक्तदातालाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

रक्तदानमार्फत संकलित रगतले दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका कारण रगत आवश्यक पर्ने बिरामीको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने नेपाल रेडक्रस साेसाइटीले जनाएको छ ।

आयोजकले स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदान गर्न आग्रह गर्दै ‘आफूले दिएको रगतले कसैको जीवन बच्न सक्छ’ भन्ने भावनाका साथ रक्तदान अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २४, आईतवार १९:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP