पनौती । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती सेवा कार्यालय अन्तर्गत पनौती नगरपालिका–९, सुन्थानमा सदस्य विस्तारित भेला तथा लघुवित्त समूह व्यवस्थापन एवं पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य लोकदर्शन कर्माचार्यले सभापतित्व गर्नुभएको थियो । कार्यक्रममा सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक रमेशप्रसाद जंगमले कार्यक्रमको उद्देश्य तथा औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
सेवा कार्यालयका व्यवस्थापक रामचन्द्र थापाले संस्थाको वर्तमान अवस्था तथा बचत र ऋणसम्बन्धी जानकारी गराउनुभएको थियो । सहायक कार्यालय व्यवस्थापक सविना सापकोटाले सेवा कार्यालयका वित्तीय तथा गैरवित्तीय गतिविधि, संस्थाले प्रदान गर्दै आएका विभिन्न सेवा तथा राहत सुविधाका विषयमा जानकारी दिनुभएको थियो ।
त्यसैगरी, लघुवित्त प्रमुख मीना श्रेष्ठले लघुवित्तमा समूहको महत्व, समूह सञ्चालन विधि तथा प्रभावकारी व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो । फिल्ड सहायक सुना कुँवरले नियमित बचतको महत्वबारे प्रकाश पार्नुभएको कार्यक्रममा कुशादेवी सेवा केन्द्रका प्रमुख नमराज तिमल्सिनाले साधारण सभाको महत्वबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सदस्यहरूको सहभागिता, समूह व्यवस्थापन, नियमित बचत तथा संस्थाका विभिन्न सेवा–सुविधाका विषयमा समेत छलफल गरिएको थियो ।
प्रतिक्रिया